काठमाडौं। प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन्।
मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय मतको अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । सुहाङले २७ हजार ७७२ मत ल्याए भने दोस्रो स्थानका खड्काले २१ हजार ९४२ मत पाए ।
यस्तै तेस्रो स्थानमा पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू रहन सफल भए । उनले ११ हजार ४५७ मत ल्याए । यसैगरी चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन योङहाङ लिम्बूले चित्त बुझाए । उनले ५ हजार ५० मत पाए ।