म्याग्दी। म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण गरिएको छ।
गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर–६ खिवाङ, वडा नं ४ को छेम्दी र वडा नं ३ को काभ्रेमा खानेपानी आयोजना निर्माण गरिएको हो।
आयोजनाको लागत दुई करोड ३३ लाख रहेको बताइएको छ।
आयोजनाको दिगो सञ्चालन र पानीको मितव्ययी प्रयोग गर्न निजी धारामा मिटर जडान गरिएको छ । गत वर्ष वडा नं ३ को दानाबजार, दुवारी र वडा नं ४ को पटारमा खानेपानी आयोजना निर्माण भएको थियो ।