सुर्खेत। बाँकेको नेपालगञ्जबाट जाजरकोटको बारेकोट जाँदै गरेको रात्रिबस सुर्खेतमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। सुर्खेतको सिम्ता गाउँपालिका–३ मा ना ४ ख ९३१७ नम्बरको बस मंगलबार बिहान दुर्घटना भएको हो।
इलाक प्रहरी कार्यालय सिम्ताका अनुसार घाईते हुनेहरुमा रुकुम पश्चिमका ६ जना र जाजरकोटका ६ जना छन्।
सबै जना घाईतेको अहिले सिम्ता गाउँपालिका ६ मा रहेको शाही शिवालय सामुदायिक हस्पिटल एण्ड डायग्नोष्टिक सेन्टरमा उपचार भइरहेको छ।