काठमाडौं। सीएटीएल (कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेड)ले बिजुली गाडीका लागि नयाँ ब्याट्रीको विकास गरेको छ। कम्पनीले शेनसिङ प्लस ब्याट्रीको विकास गरेको हो।
यो ब्याट्री १० मिनेट चार्ज गर्दा गाडीलाई ६०० किमी कुदाउँन सकिने कम्पनीले जनाएको छ।
ब्याट्रीको लागत कम हुने र सुरक्षित हुने भएकाले कार कम्पनीहरूले सस्तो सवारी साधनका लागि लिथियम आइरन फस्फेट प्रयोग गर्छन्। सीएटीएलको शेनसिङ प्लस ब्याट्रीमा भने नयाँ सामग्री र विशेष डिजाइन गरिएको छ ।
ब्याट्रीको ऊर्जा घनत्व सुधार गर्न र चार्जिङ तथा डिस्चार्जिङ भोल्युमको विस्तार नियन्त्रण गर्न यसमा स्व–विकसित थ्रीडी हनीकोम्ब लागू गरिएको छ समेत कम्पनीले जनाएको छ।