काठमाडौं। मेची राजमार्गअन्तर्गत रोङ ४ को बाघखोरमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
बुधबार बिहान झापाबाट इलाम आउँदै गरेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान दुर्घटना हुँदा एक पुरुषको ज्यान गएको हो।
बिहान ५ बजेतिर अनियन्त्रित भई राजमार्गबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।