ललितपुर। गोदावरी नगरपालिका–४ स्थित तपेश्वर सामुदायिक बनमा डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ। गोदावरी–४ घर भएका ५० वर्षीय रमेश पहरीको उपचारको क्रममा मृत्यु भएको हो।
मङ्गलवार डढेलोमा परेर घाइते भएका उनलाई उपचारका लागी कीर्तिपुर स्थित बर्न अस्पतालमा राखिएको थियो। सोही आगो निभाउन गएका ३५ वर्षीय शङ्कर पहरीको मङ्गलवार नै मृत्यु भएको थियो ।
ललितपुरको तपेश्वर, लेले र आनन्दवन सहित ११ ठाउँमा डढेलो लागिरहेको छ ।