काठमाडौं। नबिल बैंकको वीरगन्ज शाखाबाट चोरी गर्ने चार जना पक्राउ परेका छन्। १ करोड ३४ लाख रुपैयाँ चोरी गर्ने ४ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले ३ जनालाई नेपालबाट र १ जनालाई भारतबाट पक्राउ गरेको हो। उनीहरूले सोमबार बिहान बैंकको पैसा राख्ने स्टिलको दराज फोडेर पैसा चोरेका थिए।
प्रहरीले सीसीटिभी फुटेजका आधारमा पक्राउ गरेको जनाएको छ । उनीहरूले सुन गाल्ने केमिकल प्रयोग गरि भल्ट फुटाएका थिए भने गेटमा नयाँ लगाइदिएका थिए।