वीरगन्ज। वीरगन्जस्थित नबिल बैंकको शाखाबाट रकम चोरी गर्नेहरू पक्राउ परेका छन्। पर्सा प्रहरीले १ करोड ३४ लाख रुपैयाँ चोरी गर्ने ४ जनालाई पक्राउ गरेको हो ।
उनीहरूमध्ये ३ जनालाई नेपालबाट र १ लाई भारतबाट पक्राउ गरिएको हो । उनीहरूले सोमबार बिहान बैंकको पैसा राख्ने स्टिलको दराज (भल्ट) फोडेर पैसा चोरेका हुन् ।
प्रहरीले सीसीटिभी फुटेजका आधारमा पक्राउ गरेको जनाएको छ । उनीहरूले सुन गाल्ने केमिकल प्रयोग गरि भल्ट फुटाएका थिए भने गेटमा नयाँ लगाइदिएका थिए ।