काठमाडौं। ललितपुरस्थित जंगलको आगो नियन्त्रणका क्रममा जलेर मृत्यु भएका शंकर पहरी र रमेश पहरीका परिवारलाई गोदावरी नगरपालिकाले राहत दिने भएको छ। उनिहरुको परिवारलाई ५ लाख राहत दिने भएको हो।
नगरपालिकाको हिजोको आकस्मिक बैठकले उक्त निर्णय गरेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले डढेलो नियन्त्रणका लागि नगर प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अग्नि नियन्त्रकसहित तालिम प्राप्त जनशक्ति र स्थानीयवासी, सामुदायिक वनका पदाधिकारी एवं सदस्यहरुको अथक प्रयासको उच्च सम्मान प्रकट गरेको छ।
