काठमाडौं। ६ घण्टा अवरुद्ध भएको इन्टरनेट सेवा सहज भएको भएको छ। बिहीबार अपराह्न ४ बजेदेखि अवरुद्ध सेवा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रयासपछि राति १० बजेपछि सहज भएको हो।
नेपालमा इन्टरनेट ‘ब्याण्डविथ’ उपलब्ध गराइरहेको अपस्ट्रिम सेवा प्रदायक एयरटेलले ब्याण्डविथ निर्यात रोकेपछि यस्तो समस्या आएको नेटवर्क सेवा प्रदायकले जनाएका छन्। ब्याण्डविथ खरिदबापतको रकम भुक्तान नगरेपछि एयरटेलले ब्याण्डविथ निर्यात रोक्का गर्दा यस किसिमको समस्या देखिएको सेवा प्रदायकहरूको दाबी छ।