काठमाडौं। थ्रीस्टार हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा बैशाख २३ गते (आगामी आइतबार) हुँदैछ। सभा, जर्मन होम्स गठ्ठाघर भक्तपुरमा बिहान ११ बजेदेखि शुरु हुने कम्पनीले जानकारी दिएको छ।
कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा हकप्रद शेयर निष्कासन प्रस्ताव पेश हुनेछ। तर कति प्रतिशत निष्कासन गर्ने भनेर चाहिँ खुलाइएको छैन।
साथै, सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्नेछ ।