काठमाडौं। सर्लाहीको विष्णु गाउँपालिका–१ बाराउद्योरणमा आगलागी हुँदा ७० घर खरानी भएका छन्।
बिहीबार दिउँसो स्थानीय शत्रुघन राउतको घरमा लागेको आगोपछि ग्यास सिलिण्डर विस्फोट हुँदा गाउँका करिब ७० घर जलेर खरानी भएको हो।
दिउँसो १ बजेतिरबाट सुरूभएको आगो स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बारुणयन्त्र, चापाकलको पानीको सहारामा करिब चार घण्टापछि निभाइएको बताइएको छ।