रुकुमपश्चिम। रुकुमपश्चिमको आठविसकोटमा अटोरिक्सा दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्।
आज बिहान आठविसकोट नगरपालिका–९ स्थित खहरेपिपलमा रा १ ह ४८०२ नम्बरको अटोरिक्सा दुर्घटना भएको हो। आठविसकोट नगरपालिका १० को काफलचौरबाट वडा नम्वर ९ को राडि बजारतर्फ आउँदै गरेको अटोरिक्सा दुर्घटना हुँदा अटोमा सवार सात जना घाइते भएको आठविसकोट नगरपालिकाले जनाएको छ।