म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–२ र्यालेखोर र भाइवाङमा खानेपानी आयोजना निर्माण गरिएको छ। ९२ लाख लगानीमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत खानेपानी आयोजना निर्माण गरिएको हो।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मङ्गला गाउँपालिका र उपभोक्ताले लगानी गरेर निर्माण गरिएको आयोजनाबाट एक सय घरपरिवार लाभान्वित भएका छन्।
नेवा संस्थाको रु ३८ लाख ७१ लाख तीन सय सात, मङ्गला गाउँपालिकाको रु २७ लाख अनुदान र उपभोक्ताको रु २२ लाख ७८ हजार चार सय ६८ श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।