तुलसीपुर। दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ।
लमही नगरपालिका–७ वनघुस्रीस्थित राप्ती नदीमा डुबेर राजपुर गाउँपालिका २ मटेरिया निवासी २० वर्षीया सरिता चौधरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार माइत आएकी सरिता शनिबार दिउँसो नदीमा नुहाउन गएकी थिइन् । त्यही क्रममा पानीमा पसेकी नाबालिकालाई बचाउन खोज्दा सरिता पानीमा डुबेकी हुन्।