काठमाडौं। पशुपति आर्यघाटस्थित विद्युत् शवदाह निःशुल्क गरिने भएको छ। आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको हो।
निम्न आय भएका तथा गरिब व्यक्तिले आफन्त गुमाउँदा आर्थिक अभावका कारण दाहसंस्कार गर्न नसकेर पिरोलिनुपर्ने अवस्था नआओस् भनेर विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।