एजेन्सी। केरेम शालोम पोस्टमा भएको रकेट आक्रमणमा तीन इजरायली सैनिकको मृत्यु भएको छ। घटनामा अन्य धेरै सैनिक घाइते भएका छन्।
इजरायलले केरेम शालोम पोस्टमा हमासले रकेट प्रहार गरेको आरोप लगाएको छ।
यो घटनापछि इजरायलले केरेम शालोम पोस्ट बन्द गरेको छ।
यता कायरोमा युद्धविरामका लागि चलिरहेको वार्ता पनि सकिएको छ । दुई दिनसम्म चलेको वार्तामा सहमति हुन सकेन ।
अब प्रतिनिधिमण्डल कायरोबाट हमास शीर्ष नेतृत्वसँग कुरा गर्न कतार जानेछ ।
इजरायलले इजरायली बन्धकहरूलाई रिहा गर्ने बदलामा ४० दिनको युद्धविरामको प्रस्ताव गरेको थियो। तर, हमासले स्थायी युद्धविरामको माग गर्दै आएको छ ।