फाइल तस्बिर
एजेन्सी। अफगानिस्तानमा भारी वर्षापछिको बाढीका कारण हालसम्म १४ जनाको मृत्यु भएको छ। विपद् व्यवस्थापन मामिला राज्य मन्त्रालय बाढीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको जानकारी दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
मन्त्रालयका प्रवक्ता जनान साइकका अनुसार १४ प्रान्तमा वर्षाका कारण एक सय ४० आवासीय घरहरू क्षतिग्रस्त भएका छन् भने दुई हजारभन्दा बढी गाईवस्तुको मरेका छन् ।
बाढीले आवासीय घरहरु पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।
सार्वजनिक निर्माण मन्त्रालयका प्रवक्ता मोहम्मद अशरफ हक्कसेनसले अफगानिस्तानका बदख्सान, तखर, घोर र नुरिस्तान प्रान्तका केही सडकहरू भूस्खलन र बाढीका कारण अस्थायी रूपमा अवरुद्ध भएको समेत जानकारी दिएका छन्।