बागलुङ। बागलुङको ढोरपाटन नगरपालिका ३ पुर्कोटमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ ।
सोमबार साँझ वर्षासँगै परेको चट्याङका कारण ५६ वर्षीय कुमबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ।
सोमबार साँझ ७ः३० बजे घरमा बसिरहेका बेला अचानक चट्याङ लाग्दा पुनको मृत्यु भएको हो । चट्याङबाट घाइते भएका पुनको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गर्दा मृत्यु भएको हो ।