गडराय। बझाङको खप्तडछान्ना गाउँपालिका ७ गोरखालीमा चट्याङ लागेर चार जना घाइते भएका छन् । मङ्गलबार साँझ ७ः१५ बजे आइते रावतको घरमा चट्याङ लाग्दा नजिकै रहेका चार जना घाइते भएका हुन् ।
घाइतेमध्ये बेलुदेवी खड्का, लुरी खुड्का र दुदा रावत अचेत अवस्थामा छन् । एकिन्द खड्काको अवस्था सामान्य रहेको स्थानीयले बताए।