बर्दघाट। पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुस्ता गाउँपालिका–५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको हो।
मङ्गलबार बिहान ११ बजे चलेको हुरीबतासको समयमा उनी बगैँचातिर गएको समयमा चट्याङ लागेको प्रहरीले बताए। गाउँभन्दा बाहिरको आँपको रुखमुनि उनको शव सोही दिन अपराह्न फेला परेको हो।