ढोरपाटन। बागलुङको बडिगाड गाउँपालिकाले स्वच्छ ऊर्जा ग्रीन हाइड्रोजन उत्पादन गर्ने भएको छ। गाउँपालिकाले खेर गइरहेको पानीलाई सदुपयोग गरी ऊर्जा उत्पादन गर्ने भएको हो ।
ग्रीन हाइड्रोजन उत्पादनका लागि प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ। वडा नं २ मा रहेको गिरिङ्दी खोला लघुजलविद्युत् आयोजनाबाट शतप्रतिशत स्वच्छ ऊर्जा उत्पादन गरिने भएको गाउँपालिकाको भनाइ छ।