काठमाडौं। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५ अर्ब बराबरको नागरिक बचत पत्र निष्कासन गर्ने भएको छ । पाँच वर्ष अवधिको उक्त बचत पत्रमा ८ प्रतिशत ब्याज दिइने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने उक्त बचत पत्रका लागि घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ ।
बचतपत्र वैशाख ३० देखि जेठ ३० सम्म खुला हुनेछ भने निष्कासनको मिति असार ४ गतेका लागि तोकिएको छ ।