काठमाडौं। बाँकेमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारी पक्राउ गरेको छ।
प्रहरीले कोहलपुर नगरपालिका–१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरेको हो।
त्यसैगरी सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।