काठमाडौं। नेदरल्याण्डमा ३ दिने ‘अन्तर्राष्ट्रिय हाइड्रोजन’ सम्मेलन सुरु भएको छ। विश्वभर नवीकरणीय तथा स्वच्छ ऊर्जा विकासको बहससँगै हरित हाइड्रोजनको विषय पनि गाँसिएर आएको सन्दर्भमा नेदरल्याण्डमा आजदेखि तीन दिने सम्मेलन सुरु भएको हो।
नेदरल्याण्डको रोटरडममा हुने अहिलेसम्मकै भव्य हाइड्रोजन सम्मेलन बुधबार (मे १५) सम्म चल्नेछ।
त्यहाँ विश्वका विभिन्न राष्ट्र तथा सरकार प्रमुख एवम् सरोकारवालाहरूबीच हाइड्रोजन विकासका सन्दर्भमा छलफल, ज्ञान आदानप्रदान र भावी मार्गचित्रका विषयमा गहन वार्ता हुने बताइएको छ।
सम्मेलनसँगै त्यहाँ विश्वको भव्य हरित हाइड्रोजन प्रदर्शनी पनि हुनेछ । आयोजकका अनुसार सम्मेलन अवधिभर हाहइड्रोजन क्षेत्रमा हासिल भएका उपलब्धिहरूका विषयमा छलफल, परियोजनाहरूको प्रस्तुति, पोर्ट रेटरडम हाइड्रोजन परियोजनाको स्थलगत अवलोकन लगायत आकर्षक पक्ष समावेश गरिएका छन् ।