बैतडी। जिल्लामा घर भएका एक नेपाली नागरिकको मलेसियामा मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका-१ का ३२ वर्षीय दिपकसिंह नायक रहेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा रहेका उनको आइतबार मृत्यु भएको हो।
कोठामा सुतिरहेको अवस्था विद्युतको तार सर्ट भई मृत्यु भएको बताइएको छ।