काठमाडौं। दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिका–१ को भटमासेमा मलामी सवार गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
घाइतेको उद्धार गरेर थप उपचारका लागि चरिकोट अस्पताल पठाइएको मेलुङ गाउँपालिकाले जनाएको छ। घाइते मध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरू मलामी जाँदै गर्दा गाडी दुर्घटनामा परेको हो।