काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा आईटीबाट ५ हजार रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आईटीबाट ५ हजार रोजगारी सिर्जना गर्ने घोषणा गरेका हुन्।
सरकारका लागि आवश्यक सफ्टवेयर निर्माणको काम सरकारी क्षेत्रबाटै निर्माण गर्ने र स्वदेशी उद्योगलाई प्राथमिकता दिने नीति लिइने कार्यक्रममा उल्लेख गरिएको छ।
आईटीलाई डिजिटल रूपान्तरणको आधारका रूपमा लिई सामाजिक आर्थिक रूपान्तरण र समद्धि हासिल गर्न आगामी दशकलाई सूचना प्रविधि दशकका रूपमा अगाडि बढाउने समेत सरकारको उद्देश्य छ।