काठमाडौं। कुमारी बैंक लिमिटेडले ३ लाख १४ हजार १४० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमै कम्पनीले यी शेयर विक्री खुला गरेको हो ।
यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनी एवम् अन्य व्यक्ति तथा संस्थाहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
बोलपत्र पेश गर्दा १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्नुपर्नेछ । इच्छुक खरीदकर्ताहरूले जेठ १८ गते अपरान्ह १ बजेभित्र आवेदन पेश गर्नुपर्नेछ ।