बागलुङ। बागलुङमा जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारदेखि अर्नाकोट जाँदै गरेको ग२च २३१४ नम्बरको जीप वडा नम्बर ५ को मस्तीमा हिजो साँझ छ बजे दुर्घटनामा परेको हो।
साँझको समयमा दुर्घटना हुँदा घाइतेको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ। घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको प्रहरीको भनाइ छ।