संखुवासभा। मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली पर्वतारोहीको मृत्यु भएको छ।
संखुवासभामा रहेको मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली पर्वतारोही ६० वर्षीय जोनी सालिबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभा जनाएको छ।
मकालु गाउँपालिका–२ स्थित मकालु हिमाल आरोहण गर्ने क्रममा ८ हजार ३५० मिटरको उचाइमा पुगेको फ्रान्सेली नागरिक जोनी अचानक विरामी परेका थिए।
विरामी परेका फ्रान्सेली नागरिक जोनीलाई ८ हजार १२० मिटरमा झार्ने क्रममा हिजो विहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।