म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण गरिएको छ। गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा अन्नपूर्ण गाउँपालिकामा खानेपानी आयोजना निर्माण गरिएको हो।
अन्नपूर्णको वडा नम्बर–६ खिवाङ, वडा नं ४ को छेम्दी र वडा नं ३ को काभ्रेमा २ करोड ३३ लाख रुपैयाँ लागतमा आयोजना सम्पन्न भएका छन्।
गत वर्ष वडा नं ३ को दानाबजार, दुवारी र वडा नं ४ को पटारमा खानेपानी आयोजना निर्माण भएको थियो । आगामी वर्ष वडा नं ४ नारच्याङको बेँसी र लेकगाउँमा ट्रष्टको एक करोड १५ लाख रुपैयाँ सहयोग र उपभोक्ताको श्रमदानसहित दुई करोड ४१ लाख रुपैयाँ लागतमा दुईवटा खानेपानी आयोजना निर्माणको तयारी भएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ।
ट्रष्टको सहयोगमा हालसम्म देशभरका ५१ वटा जिल्लामा दुई हजार तीन सय ८० खानेपानी आयोजना निर्माण भएका छन्।