काठमाडौं। जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनका लागि बन्द भएको छ। रेल्वे सेवा (शनिबार) देखि आज सोमबारसम्म तीन दिन बन्द रहने भएको हो।
नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले विज्ञप्त जारी गरी शनिबारदेखी जेठ ७ गते सोमबारसम्म रेलसेवा पूर्णरूपमा बन्द रहने जानकारी दिएका हुन्।
भारतको बिहार राज्यको मधुबनी जिल्लाको संसदीय क्षेत्रमा यही जेठ ७ गते लोकसभाको निर्वाचन हुँदैछ। सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्णरूपमा बन्द गरिने विज्ञप्तिमा उल्लेख छ।