
काठमाडौं। सानिमा बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहतर्फको ४९ हजार ५० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो।
बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको उक्त शेयर विक्री गर्न लागेका हुन् । उक्त शेयरमा आवेदन दिन चाहने इच्छुकले अबको ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।