झापा। झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले पूर्व–पश्चिम राजमार्गको पुलमा उक्त उपकरण जडान गरेको हो।
ती उपकरणले बाढी आउनु पहिले जानकारी दिने विभागले जनाएको छ।
प्रणालीमार्फत आउने जानकारीलाई विभागको वेबसाइटमा राख्ने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्ने काम हुनेछ।
झापामा कनकाई, बिरिङ, निन्दा, मेची, रतुवा र मावा नदीको बाढीले बर्सेनी ठूलो क्षति हुन्छ । कनकाईमा जडान गरिएको उपकरणले दिने जानकारीका आधारमा नदी आसपासका बासिन्दालाई सतर्कताका लागि मोबाइल एसएमएस सन्देश पठाउने गरिएको छ।