भेरीगङ्गा। दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको बस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा नजिक दुर्घटना भएको हो।
दुर्घटनामा दुल्लु नगरपालिका–१० गमौडी घर भई हाल ठाकुरबाबा नगरपालिका–५ नेउलापुर बस्दै आउनुभएका ६५ वर्षीय शेरबहादुर खड्का र दैलेख डुङ्गेश्वर गाउँपालिका–६ का भीमसेन राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
गाडीमा सवार अन्य २१ जना घाइते भएका, एक जना गम्भीर घाइते भएका र अन्य २० जनाको अवस्था सामान्य रहेको बताइएको छ।