जलेश्वर। भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ। भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा बन्द भएको रेल सेवा पुनः सञ्चालनमा आएको हो।
नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेलसेवा बन्द हुने जानकारी सार्वजनिक सूचना प्रकाशन गरेर दिएको थियो। ३ दिन पछि आजबाट रेल सेवा सञ्चालनमा आएको हो।