बागलुङ। बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष केवि राना मगरले पदबाट राजीनामा दिएका छन्। निर्वाचित भएर अपेक्षित परिणाम दिन नसकेको भन्दै उनले राजीनामा दिएका हुन्।
केवि राना मगर नेतृत्वको कार्यसमिति गत पुष २९ गते निर्वाचित भएको थियो । नवनिर्वाचित समिति चार वर्षको लागि निर्वाचित भएको थियो।
अध्यक्षको हैसियतमा उपभोक्ताको हितमा काम गर्न नसकेको भनि र त्यसको जिम्मेवारी लिँदै सोमबार आफूले राजीनामा दिएको मगरले उपाध्यक्ष हरिबहादुर जिसी सन्तोषलाई सम्बोधन गरेको पत्रमार्फत जानकारी दिएका छन् ।