काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रुपन्देहीको मणिग्रामस्थित आइएनजीए सपिङ कम्प्लेक्सबीच छूटसम्बन्धी सम्झौता भएको छ । सो समझदारीपश्चात् बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले सपिङ कम्प्लेक्समा १० प्रतिशतसम्मको छूट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ ।