काठमाडौं। राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले खानेपानी आयोजनामा कर र विद्युत महसुल छुट गर्न माग गरेको छ । महासंघले सरकारका विभिन्न निकाय पुगेर महासंघले कर र विद्युत महसुल छुट गर्न माग गरेको हो ।
खानेपानी संस्थालाई प्यानमा दर्ता हुन दबाब दिइरहेको भन्दै यसको प्रत्यक्ष असर उपभोक्तमा पर्ने महासंघको भनाइ छ।
खानेपानी जस्तो विषयमा विद्युत् महसुल पूर्णरूपमा छुट हुनुपर्ने महासंघको माग छ । कतिपय खानेपानी आयोजनाले छुट सुविधा पाएको भएपनि सबै खानेपानी संस्थाले छुट सुविधा नपाएको महासंघले जनाएको छ।
अब वार्षिक बजेटमा छुट सुविधा घोषणा गरी सकेको हुँदा आगामी बजेटमा पूर्णरूपमा छुटको व्यवस्था हुनुपर्ने महासंघको माग छ।