काठमाडौं। नेपाल टेलिकमले आफ्नो पोल प्रयोग गरी भाडा नतिर्ने केबल टीभी अपरेटर र इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनीहरूको तार हटाउने भएको छ। टेलिकमले सूचना जारी जेठ महिनाको अन्तिमसम्म भाडा नबुझाए सबै तार हटाउने बताएको हो।
टीभी र इन्टरनेट कम्पनीहरूले पोल प्रयोग गर्न तुरुन्त सम्झौता गरी अनिवार्य रूपमा आर्थिक वर्ष २०८०/८१ सम्मको भाडा बापतको रकम जेठ मसान्तभित्र बुझाउन भनेको छ।