काठमाडौं। बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा १ सय रुपैयाँले सुनको मूल्य घटेको हो। यो सँगै छापावाल सुन १ लाख ४० हजार ५ सय, तेजाबी सुन १ लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ।
तर, आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ। महासंघका अनुसार चाँदी आज १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। उता अन्तर्राष्ट्रिय बजारमा चाँदी ३१ डलर र सुन २ हजार ४ सय १६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।