दाङ। दाङमा २ वटा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पाको गंगादेव गाउँपालिका–६ ताप्ला बजारका ५४ वर्षीय वीरबहादुर खड्का रहेका जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सरकारी मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको रा ३ प ८२४५ नम्बरको मोटरसाइकल बुधबार लमही नगरपालिका १ नर्तीमा एकआपसमा ठोक्किँदा ३ जना घाइते भएका थिए।
घाइतेमध्ये खड्काको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र अन्य सोही ठाउँका ५७ वर्षीय कमानसिंह खत्री र रूपन्देहीको गैडहवा गाउँपालिका–७ छत्रपुरुवाका ३१ वर्षीय अजय मिश्रको उपचार भइरहेको छ।