धनुषा। धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ मा रहेको कमला स्टोन क्रसरमा एक युवकको शव भेटिएको छ। स्थानीय गोदरका २० वर्षीय अर्जुन यादवको क्रसरको फित्तामा टाउको फसेको अवस्थामा शव फेला परेको हो।
मजदुरी गर्दै आएका यादवको शव ढुंगा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। क्रसरमै बाराक निजगढ बस्ने ४५ वर्षीय खेमकुमार मगर घाइते अवस्थामा भेटिएका छन् ।