एजेन्सी। स्पेनमा एक रेस्टुराँको छत भत्किँदा ४ जनाको मृत्यु भएको छ। स्पेनी टापु मर्जोकामा समुद्री तटमा रहेको तीन तले रेस्टुराँ मेडुसा बिच क्लबको छतको आंशिक हिस्सा भत्किँदा ४ जनाको मृत्यु भएको हो।
२७ जना घाइते भएको बताइएको छ । उद्धार कार्य जारी रहेको र कयौँ मानिसहरू अझै पुरिएको हुन सक्ने बताइएको छ।
मर्जोकाको आकस्मिक सेवा विभागका अनुसार अहिलेसम्म यस घटनामा ४ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् ।