एजेन्सी। भियतनामको राजधानी हनोईमा एक अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको ज्यान गएको छ। हनोईको एक साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा राति भएको आगलागीमा १४ जनाको मृत्यु भएको हो।
घटनामा अन्य छ जना घाइते भएका छन्। मध्य हनोईमा रहेको अपार्टमेन्ट भवनसम्म मात्र दुई मिटर (छ फिट पाँच इन्च) चौडा गल्लीमार्फत पुग्न सकिन्थ्यो । यसबाट दमकल त्यहाँ पुग्न नसकेपछि अग्निनियन्त्रकहरूले पाइपमार्फत आगो निभाएको यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन्।