जनकपुरधाम। धनुषाको जनकपुरधाममा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ।
जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाका बस्ने जयनारायण महतोको छोरा ६ वर्षीय शिवनन्दन महतो र राकेश पासवानको छोरा ६ वर्षीय आदित्य पासवानको मृत्यु भएको हो।
शनिबार बिहान १० बजेतिर घर नजिकैको साहुजी पोखरीमा नुहाउने क्रममा दुवै जना बालक डुबिरहेको देखेपछि स्थानीयले सिकिस्त अवस्थामा उद्धार गरेका थिए।
उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएमा शनिबार चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ।