एजेन्सी। गाजामा हमासद्वारा सञ्चालित शरणार्थी शिविरमा भएको विस्फोटमा ५० जनाको मृत्यु भएको छ। हमासको कम्पाउण्डलाई लक्षित गरी भएको हवाई हमलामा कम्तिमा ५० जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा महिला र बालबालिका रहेका छन् । घटनामा अन्य दर्जनौ घाइते भएको बताइएको छ।
अघिल्लो दिन हमासले रफाहबाट तेल अभिभतर्फ आठवटा रकेट प्रहार गरेको थियो, जुन जनवरीदेखि सहरमा पहिलो लामो दूरीको आक्रमण थियो ।
दक्षिणी गाजा पट्टीबाट प्राप्त भिडियोहरूले ठुलो विस्फोट र भीषण आगो जलिरहेको देखाउँदछ। हमासले इजरायली हवाई हमलाले विस्थापित प्यालेस्टाइनीहरूको लागि रफाहको उत्तर–पश्चिममा रहेको शिविर, सैन्य कारबाहीबाट टाढा एक निर्दिष्ट मानवीय सुरक्षित क्षेत्रमा आक्रमण गरेको बताएको छ ।
संयुक्त राष्ट्रसंघले आक्रमण सुरु भएदेखि नै रफाहबाट ८ लाखभन्दा बढी प्यालेस्टाइनीहरू भागेको जनाएको छ । गाजाको अन्यत्र लडाइँबाट करिब १५ लाखले त्यहाँ आश्रय लिएका थिए ।