धनकुटा। छथर जोरपाटी गाउँपालिका–४ पाथीभरामा सोमवार अपरान्ह करिब ५ बजे मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको छ ।
मृत्यु हुनेमा छथर जोरपाटी–५ ताम्लिङका ४५ वर्षीय बीरबहादुर खनाल रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
बाँधबिसौनाबाट स्थानीय डेगबहादुर अधिकारीको शव बोकेर दाहसंस्कारका लागि तमोर नदीको त्रिवेणी जानेक्रममा को १ त ९७३७ नंबरको ट्र्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।