कपिलवस्तु। ट्रन्सफर्मर बनाउने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ।
सोमबार कपिलवस्तुको यशोधरा गाउँपालिका–६ को रङपुरमा ट्रन्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा प्राधिकरण तौलिहवा वितरण केन्द्रमा कार्यरत ज्यालादारी कामदार ३२ वर्षिय हरिशचन्द्र मिश्रा रहेका छन्। हावाहुरीका कारण बिग्रिएको ट्रान्सफर्मर बनाउने क्रममा घटना भएको केन्द्रले जनाएको छ।